arrow
ADVERTISEMENT

रुस नियन्त्रित क्रिमियामा फेरि विस्फोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
crimea-blast-second.jpg

काठमाडौं । रुसद्वारा नियन्त्रित क्रिमियामा रहेको गोलाबारुद डिपोमा मंगलबार फेरि विस्फोट भएको छ । रुसी रक्षा मन्त्रालयले उत्तरी क्रिमियन गाउँ मेस्कोयेमा भएको यो विस्फोटबाट कुनै गम्भीर क्षति नभएको जनाएको छ ।

रुसी सरकारी समाचार एजेन्सी आरआईएले २० किलोमिटर टाढाको ट्रान्सफर्मर सबस्टेसनमा पनि आगलागी भएको जानकारी दिएको छ ।

काल सागरमा रहेको क्रिमियन प्रायद्वीपलाई रूसले सन् २०१४ मा युक्रेनबाट कब्जा गरेको थियो । रूसको ब्ल्याक सी फ्लिटको आधारका रुपमा रहेको यो क्षेत्र गर्मी याममा छुट्टीको रिसोर्टको रूपमा लोकप्रिय छ ।

गत हप्ता क्रिमियाको पश्चिमी तटमा रहेको नोवोफेडोरिभका शहरमा रहेको सैन्य हवाई अड्डामा भएको विष्फोटले व्यापक क्षति पुर्याएको थियो ।

उक्त विस्फोटमा धेरै रुसी युद्ध विमानहरू ध्वस्त  भएका थिए । मास्कोले यसलाई दुर्घटना भनेको छ तर विस्फोट क्षेत्रमा अन्तरिक्षबाट क्रेटर देखिएपछि यो आक्रमण भएको ठानिएको छ ।

युक्रेनले क्रिमियामा भएको विस्फोटको जिम्मेवारी आधिकारिक रूपमा पुष्टि वा अस्वीकार गरेको छैन ।

यद्यपि युक्रेनका अधिकारीहरूले खुला रूपमा क्रिमियामा भएका घटनाहरूमा खुशी मनाएका छन् । तथापि क्रिमिया रुसकै पकडमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ