चिनियाँ युद्धाभ्यासविरुद्ध कारबाही गर्न अमेरिकी कमाण्डरकाे आह्वान
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
950
Shares
काठमाडौं । एक शीर्ष अमेरिकी सैन्य कमाण्डरले ताइवानमाथि क्षेप्यास्त्र प्रहार गर्ने चीनको हालैको निर्णय कोठाभित्रको गोरिल्ला जस्तै भएको भन्दै यसविरुद्ध लड्नु पर्ने टिप्पणी गरेका छन् ।
बेइजिङले यस महिना ताइवान वरिपरि ठूलो हवाई र समुद्री युद्धाभ्यास गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी र एक संसदीय प्रतिनिधिमण्डलको भ्रमणको आक्रोशमा चीनले यस्तो कदम चालेको थियो ।
ती अभ्यासका क्रममा ताइवानको पानीमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको थियो । विश्वको प्रमुख ढुवानीमार्गसमेत रहेको यो क्षेत्रमा सन् १९९० को दशकको मध्यपछि चीनले पहिलो पटक यस्तो कदम चालेको हो ।
सेभेन्थ फ्लिट कमाण्डर भाइस एडमिरल कार्ल थोमसले सिङ्गापुरमा पत्रकारहरूसँग बोल्दै भनेका छन्,'हामीले यस किसिमको कुरासँग प्रतिस्पर्धा गर्नु निकै महत्त्वपूर्ण छ। मलाई थाहा छ कि कोठामा रहेको गोरिल्लाले ताइवानमाथि मिसाइलहरू प्रहार गरिरहेको छ।'
'यदि हामीले त्यसो हुन अनुमति दियौं र हामी त्यसमा विरोध गर्दैनौं भने त्यो अर्को मानक हुनेछ,' उनले अघि भनेका छन्,'ताइवानमाथि क्षेप्यास्त्रहरू अन्तर्राष्ट्रिय जलक्षेत्रमा प्रक्षेपण गर्नु गैरजिम्मेवारपूर्ण छ, जहाँ शिपिंग लेनहरू छन्, जहाँ निशुल्क ढुवानी हुने गर्छ।'
जापानमा आधारित सेभेन्थ फ्लिट प्यासिफिकमा वाशिंगटनको नौसेनाको उपस्थितिको प्रमुख अंग हो।