arrow
ADVERTISEMENT

एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
Alonmosk.png

काठमाडौं ।  विश्वका अरबपति एलन मस्कले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने जानकारी दिएका छन् । टेस्लाका प्रमुख मस्कले बुधवार ट्विट गर्दै आफुले म्यानचेस्टर युनाइटेड किन्ने जानकारी दिएका हुन् ।  

ट्विटपछि इन्टरनेटमा हलचल मच्चिएको छ । ट्विटसँगै के टेस्ला प्रमुखले वास्तवमै फुटबल क्लब किन्न लागेका हुन् ? भन्ने प्रश्न प्रयोगकर्ताहरूले गरेका छन् । 

मस्कले लेखेका छन्, म आधा रिपब्लिकन पार्टी र आधा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्छु भन्ने स्पष्ट छ ।' यो ट्विटपछि उनले अर्को पोस्ट गरे, जसमा उनले लेखेका छन्, 'म म्यानचेस्टर युनाइटेड किन्दै छु, तपाईँलाई स्वागत छ ।'

एलन मस्कले प्रायः यस्तै ट्विट गर्ने गर्छन्, जुन चर्चाको विषय बन्ने गरेको छ । उनले ट्विटरमा म्यानचेस्टर युनाइटेडलाई किन्ने घोषणा गरेका छन् तर प्रयोगकर्ताले यस पटक पत्याउन सकेका छैनन् । 

नत यस विषयमा एलन मस्कले अरू केही लेखेका छन् । यसको आधिकारिक पुष्टि हुन पनि समय पर्खनु पर्नेभएको छ । 

यसअघि मस्कले ट्विटरसँग सम्झौता तोडेका छन् । उनले ट्विटरमा ठूलो सम्झौता गरेका थिए । तर, पछि उनी सम्झौताबाट बाहिरिए । यस सम्बन्धमा ट्विटरले मस्क विरुद्ध मुद्दा समेत दायर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ