arrow

रुसले दश बच्चा जन्माउने आमालाई 'मदर हिरोइन' उपाधि दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
mother-heroine.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दश वा सोभन्दा बढी बच्चा जन्माउने महिलालाई सोभियत युगको सम्मान पुरस्कार 'मदर हिरोइन' फेरि दिने निर्णय गरेका छन्। विभिन्न देशहरु झैं मास्कोले जनसांख्यिकीय संकटको सामना गरिरहेका बेला रुसले यस्तो निर्णय गरेको हो ।

'मदर हिरोइन' सोभियत संघको एक मानक उपाधि थियो । जुन दश वा दश भन्दा बढी बच्चा भएको ठूलो परिवार जन्माउने र हुर्काउने आमालाई सम्मान स्वरुप प्रदान गरिँदै आएको थियो ।

रुसी समाचार एजेन्सी तासले कानूनी जानकारीको आधिकारिक पोर्टलमा अगस्ट १५ अर्थात् सोमबार प्रकाशित एक आदेशमा यस्तो उल्लेख रहेको जनाएको हो । १० लाख रुसी मुद्रा रुबल (करिब १६ हजार अमेरिकी डलर) सहित ती महिलाले यस्तो पुरस्कार प्राप्त गर्नेछिन् ।

'मदर हिरोइनको उपाधि प्राप्त गर्न योग्य महिला रुसी संघको नागरिक भएको हुनुपर्नेछ । ती आमाले रुसी संघकै नागरिक भएका दश वा दश भन्दा बढी बच्चाहरूलाई जन्म दिएको र हुर्काएको हुनुपर्नेछ,' तासले उक्त जानकारीलाई उदृत गर्दै उल्लेख गरेको छ ।

उक्त अध्यादेशका अनुसार आफ्नो १० औं जिउँदो बच्चा एक वर्ष पुगेपछि महिलाले उक्त अवार्ड पाउने छिन् । युद्धमा आतंकवादी कार्यको समयमा वा कुनै आपतकालीन अवस्थामा बच्चा गुमाएको भए पनि ती महिलाले यो पुरस्कार प्राप्त गर्ने छिन् ।

मदर हिरोइन पुरस्कार पहिलो पटक सन् १९४४ मा पूर्व सोभियत नेता जोसेफ स्टालिनद्वारा स्थापित गरिएको थियो। दोस्रो विश्वयुद्धको समयमा ठूलो जनसंख्या घटेपछि यो पुरस्कारको घोषणा गरिएको थियो। सन् १९९१ मा सोभियत संघको पतनसँगै यो उपाधि प्रदान पनि रोकिएको थियो ।

हालैका दशकहरूमा रुसमा लगभग लगातार जनसंख्या घट्दै गइरहेको छ । सन् २०२२ को शुरुमा रुसको जनसंख्या ४ लाखले घटेर करिब १४ करोड ५१ लाखमा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ