श्रीलंकाका भगुवा पूर्वराष्ट्रपति राजापाक्षे अर्को साता फर्किदै
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
672
Shares
काठमाडौं । गत जुलाईमा चर्काे विरोध आन्दोलनकाबीच देश छोडेर भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे अर्को हप्ता टापु राष्ट्र फर्कने त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
राजापाक्षेसँग सम्बन्धित रुसका लागि श्रीलंकाका पूर्व राजदूत उदयाङ्गा वीरातुङ्गाले उनी अगस्त २४ मा श्रीलंका आइपुग्ने जानकारी दिएको त्यहाँको प्रसारक न्यूजफर्स्टले रिपोर्ट गरेको छ।
श्रीलंकाबाट माल्दिभ्समा सैन्य विमानमा भागेपछि र त्यसपछि सिंगापुरमा केही हप्ता बिताएपछि अहिले श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षे अस्थायी रूपमा थाइल्याण्डमा आश्रय लिइरहेका छन् ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि यता पहिलो पटक श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । राजापाक्षे सरकारविरुद्ध विरोधमा उत्रिएपछि उनले सिंगापुर पुगेर पदबाट राजीनामा दिए ।
श्रीलंका छाडेपछि राजापाक्षेले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।