arrow

महाधिवेशनको सात महिनापछि माओवादीले लगायो स्थायी कमिटी सदस्यहरुको टुङ्गो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन गरेको सात महिनापछि बल्ल स्थायी कमिटी सदस्यहरुको टुङ्गो लगाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको पूर्ववत् स्थायी कमिटी सदस्यहरुको बैठकले नयाँ स्थायी कमिटी सदस्यहरुको टुङ्गो लगाएको हो । 

४१ सदस्यीय स्थायी कमिटी सदस्यहरुमा ११ जना महिला रहेका छन् । यी हुन् स्थायी कमिटी सदस्यहरु–
पुष्पकमल दाहाल प्रचण्ड,
नारायणकाजी श्रेष्ठ,
कृष्णबहादुर महरा,
देवप्रसाद गुरुङ,
वर्षमान पुन,
जनार्दन शर्मा,
पम्फा भुषाल,
गणेश शाह,
गिरिराजमणि पोखरेल,
हरिबोल गजुरेल,
शक्ति बस्नेत,
चक्रपाणि खनाल,
देवेन्द्र पौडेल,
मात्रिका यादव,
लिलामणि पोखरेल,
हितमान शाक्य,
हितराज पाण्डे,
राम कार्की,
कालीबहादुर मल्ल,
खगराज भटट,
जयपुरी घर्ती,
ओनसरी घर्ती,
शशी श्रेष्ठ,
पूर्णकुमारी सुवेदी,
अन्जना विसंखे,
यशोदा सुवेदी गुरुङ,
अमृता थापा,
कमला रोक्का,
रेखा शर्मा,
उर्मिला अर्याल,
श्रीराम ढकाल,
हकिकुल्ला खाँ,
महेश्वर गहतराज ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको टुङ्गो बिहीबार लाग्ने बताएका छन् । नेता महराले करिब करिब टुंगोमा पुगिसकेको र बिहीबार बिहान ८ बजे टुंगोमै पुग्ने बताए । 

गत वर्षको पुस महिनामा माओवादीले आठौं महाधिवेशन गरेको भए पनि अहिलेसम्म एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको हो । बुधबारमात्रै स्थायी कमिटीको टुङ्गो लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ