arrow

माओवादीले बिहीबार पदाधिकारीको टुंगो लगाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ । प्रवक्ता कृष्णबहादुर महराले बिहीबार पदाधिकारीको टुंगो लगाउने जानकारी दिएका हुन् । 

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो । सोही बैठकले बिहीबारको बैठकबाट पदाधिकारीको टुंगो लगाउने सहमति गरेको हो । 

नेता महराले करिब करिब टुंगोमा पुगिसकेको र बिहीबार बिहान ८ बजे टुंगोमै पुग्ने बताए । गत वर्षको पुस महिनामा माओवादीले आठौं महाधिवेशन गरेको भए पनि अहिलेसम्म एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ