arrow
ADVERTISEMENT

उत्तर कोरियाले फेरि हान्यो क्षेप्यास्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
north-korea-missile4.jpg

काठमाडौं । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको छ । सोलको रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । 

‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । 

उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्यास्त्र परीक्षण नगरेको योन्हाप समाचार  समितिले जनाएको छ । 

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धहरू तोड्ने परीक्षणहरू गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ