arrow

नागरिकता विधेयक दोस्रो पटक पनि पारित, पक्षमा १३५ मत र विपक्षमा ६० मत  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं । नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक जस्ताको त्यस्तै पारित भएको छ । संसदमा बिहीबार साँझ गरिएको मत विभाजनमा बहुमतका आधारमा प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएको हो । 

गृहमन्त्री बालकृष्ण खाँडले प्रस्ताव पेश गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्बोधन नगरेको भन्दै विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन गरेर निर्णय लिएका हुन् । 

जसअनुसार १९५ जना सांसद उपस्थित भएकामा पक्षमा १३५, विपक्षमा ६० तथा मत दिन्न भन्नेमा शून्य मत प्राप्त भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि सत्ताधारी गठबन्धनसँगै मधेस केन्द्रित दलहरु  आक्रोशित भएका थिए भने एमालेले राष्ट्रपतिको कदमको समर्थन गरेको थियो । 

अर्को बैठक भदौ ५ गते बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ