arrow

शरदराज पाठकले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
saradraj-pathak.jpg

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताबाट शरदराज पाठकले राजीनामा दिएका छन् । पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका हुन्।

पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए। विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ