arrow
ADVERTISEMENT

रुसले खार्किभमा आठ मिसाइल हान्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
russia-putin-vladimir-war.jpg

काठमाडौं । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले आठवटा मिसाइल हानेको छ । मिसाइल आक्रमणमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । 

खार्किभमा मस्कोले फेब्रुअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको सिकार हुँदै आएको छ । 

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरू ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका छन् । 

मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ मिसाइल प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताए । 

टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो । 

रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए । यद्यपि शहरका अधिकांश उत्तरी आवासीय जिल्लाहरूमा गोलाबारी गरिरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ