arrow
ADVERTISEMENT

राजापाक्षे अब अमेरिका भाग्ने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
gotabaya-rajapaksa.jpg

काठमाडौं । रातारात भागेर संगापुर पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकामा बस्ने मन बनाएका छन् । राजापाक्षेले अमेरिकामा ग्रिन कार्डका लागि निवेदन दिएका छन् । 

अमेरिकामा रहेका राजापाक्षेका वकिलहरूले गत महिना मात्रै उनलाई ग्रिन कार्ड दिने प्रक्रिया सुरु गरेका छन् । राजापाक्षेकी श्रीमती लोमा राजपाक्षे पहिले नै अमेरिकी नागरिक भइसकेकी छन् । सोही कारण उनले ग्रिन कार्डका लागि आवेदन दिन पाउनेछन् । 

उनकी श्रीमती र छोरा अमेरिकामा बसिसकेका छन् ।

यसअघि गोटाबायासँग अमेरिकी नागरिकता पनि थियो तर २०१९ मा श्रीलङ्काको राष्ट्रपति चुनावमा भाग लिन अमेरिकी नागरिकता त्यागेका थिए। श्रीलङ्काली सेनाबाट समय पूर्व अवकाश लिएपछि राजापाक्षे सूचना प्रविधिको क्षेत्रमा लागेका थिए । यसपछि सन् १९९८ मा उनी अमेरिकामा बसे । उनी सन् २००५ मा श्रीलङ्का फर्किएका थिए । 

राजापाक्षे हाल आफ्नी श्रीमतीसँग थाइल्याण्डको बैंकक स्थित एक होटेलमा छन् । सुरक्षा कारणले गर्दा उनीहरूलाई थाइल्याण्डमा स्वतन्त्र रूपमा बस्न दिइँदैन। त्यहाँ प्रहरीले उनीहरूलाई होटेलबाट बाहिर ननिस्कन सल्लाह दिएको छ ।

उनी अगस्ट २५ मा श्रीलङ्का फर्कने कार्यक्रम छ । गत महिना श्रीलङ्कामा जनताले उनको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन गरेका थिए जसका कारण उनी देश छोडेर भागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ