arrow
ADVERTISEMENT

मास्कोमा कार विष्फोट हुँदा 'पुटिनका गाइड' दार्शनिक एलेक्सेन्डरकी छोरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
darya-dugina-alexander-dugin-putin.jpg

काठमाडौं । रुसको राजधानी मास्कोमा कार विष्फोटमा परेर राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी एलेक्सेन्डर डुगिनकी छोरीको मृत्यु भएको छ । रुसी सञ्चारमाध्यमहरूका अनुसार कार विस्फोटनमा एलेक्सेन्डर डुगिनकी छोरी डार्‍या डुगिनाको मृत्यु भएको हो।

'पुटिनको बुद्धि' एवं पुटिनका गाइड समेत भनिने डार्‍याका पिता एलेक्सेन्डर डुगिन उग्रराष्ट्रवादी, विचारक एवं रणनीतिकार हुन् ।

आक्रमणको निसाना एलेक्सेन्डर गुगिननै भएको हुनसक्ने तर, अन्तिम समयमा उक्त कार उनकी छोरिले चलाउने निर्णय हुँदा छोरी डार्‍याको ज्यान गएको हुनसक्ने ठानिएको छ । डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो। तर, अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेका थिए।

सामाजिक सञ्जालमा हालिएका भिडियो एवं तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको देख्न सकिन्छ ।

टेलिग्राममा राखिएका फुटेजहरुमा आपत्कालीन सेवाका कर्मचारीहरू आउँदा एलेक्सेन्डर डुगिनले स्तब्ध भएर जलिरहेको कार हेरिरहेको देख्न सकिन्छ।

डार्‍या डुगिना चर्चित पत्रकार र टिप्पणीकार थिइन्। उनले युक्रेनमा रुसले गरेको अतिक्रमणलाई समर्थन गर्दै आएकी थिइन्। यसै वर्षको सुरुमा उनलाई यूकेका अधिकारीहरूले प्रतिबन्धको सूचीमा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ