arrow

गुल्मीबाट उठ्ने कुरालाई लिएर झाँक्रीले भनिन्- चित्त दुखाउने काम राम्रो हुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
ramkumari.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले आफू प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने कुरा हाल निश्चित भई नसकेको बताएकी छन् । केही सञ्चारमाध्यमहरूले झाँक्री निर्वाचनमा गुल्मी २ बाट उम्मेदवारी बन्ने भनेपछि प्रतिक्रिया आएको हो । 

फेसबुको भेरिफाइड एकाउण्टमा उनले आफूबिरुद्ध कपोकल्पित र अनुमानित समाचार लेखेर आफन्त र शुभचिन्तकको चित्त दुखाउने काम गर्नु राम्रो नहुने बताएकी छन् । 

उनले लेखेकी छन्,' म गुल्मीमा छु। तीन दिने पार्टी प्रशिक्षण तम्घासमा सञ्चालनमा छ। हाम्रो पार्टीको आन्तरिक सैद्धान्तिक प्रशिक्षणमा पत्रकारलाई प्रवेश छैन। बाहिर बसेर कपोकल्पित पत्रकारिता गर्नु भएन। न मैले कहीँ कतै फलानो पार्टीको विरासत भत्काउँछु भनेको छु, न फलानोलाई हराउँछु भनेको छु। न म फलानो निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन्छु भनेको छु। यस्ता कपोकल्पित र अनुमानित समाचार लेखेर मेरा आफ्ना अभिभावक, आफन्त र शुभचिन्तकको चित्त दुखाउने काम गर्नु किमार्थ पनि राम्रो हुन्न।'

एमाले सचिव गोकर्ण विष्ट गुल्मी २ बाट २०७४ आमनिर्वाचनमा विजयी भएका थिए । सो स्थानमा विष्ट र झाँक्रीबीच प्रतिस्पर्धा हुन सक्छ । झाँक्रीले गठबन्धनको तर्फबाट आफू उम्मेदवार बन्ने कुरा सत्य रहे पनि त्यसको प्रक्रिया नै शुरु नभएको बताएकी छन् । 

उनले लेखेकी छन् .' म हाम्रो समाजवादी पार्टीमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने कुरा सत्य हो। तर कहाँ, कहिले,कसरी, भन्ने सबै प्रक्रिया सुरु नै भएको छैन। अब क्रमशः सुरु हुनेछ।'

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ