arrow
ADVERTISEMENT

गर्भवती श्रीमती र तीन छोरी लिएर हिँडेका डौलालाई कन्टेनरले हान्याे, सबैको घटनास्थलमै मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
fateha.jpg

काठमाडौं । भारतमा सडक दुर्घटनामा परि एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ-बागपत राजमार्गमा भएको दुर्घटनामा कन्टेनरले मोटरसाइकललाई किचेर एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा एक गर्भवती महिला उनका श्रीमान् र तीन छोरी रहेका छन् । मृत्यु हुने सबै डोला गाउँका बासिन्दा थिए ।

आइतबार राति ३५ वर्षीय फतेह मोहम्मद ८ महिनाकी गर्भवती श्रीमती तबस्सुम, छोरीहरू ८ वर्षकी इल्मा, पाँच वर्षकी इक्रा र डेढ वर्षकी माइरासँग मोटरसाइकलमा मेरठबाट घर जाँदै थिए । 

जसका कारण मोटरसाइकलमा सवार दम्पती र तीन बालबालिका सडकमा खसेका थिए । सबैको घटनास्थलमै मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ