arrow

चिनियाँ आक्रोशबीच अमेरिकी गर्भनर पनि ताइवानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
Eric-Holcomb-taiwan.jpg

काठमाडौं । सोमबार संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यका गभर्नरले ताइवानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले ताइवानकी राष्ट्रपति साई इङ्ग वेनसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा ताइवानकी राष्ट्रपति वेनले टापु राष्ट्रले आफ्ना साझेदारहरुसँग सेमीकन्डक्टर अथवा 'डेमोक्रेसी चिप्स'को भरपर्दाे आपूर्ति सुनिश्चित गर्न चाहेको बताएकी छिन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी, सांसदहरुको प्रतिनिधिमण्डलपछि गभर्नर एरिक होल्कोम्बले तेस्रो भ्रमणका रुपमा ताइवानको भ्रमणमा छन् ।

ताइवानलाई आफ्नै हिस्सा मान्ने चीनले अमेरिकी उच्च स्तरीय भ्रमणको निन्दा गर्दै ताइवान वरपर ठूलो सैन्य अभ्यास गरेको छ ।

पेलोसीको भ्रमणको एक हप्ता पछि सिनेटर एड मार्कीको नेतृत्वमा पाँच अमेरिकी सांसदहरूले ताइवानको भ्रमण गरेका थिए । यसले चीन झनै आक्रामक बनेको थियो ।

चीनले ताइवान वरपर आफ्नो आक्रामकता बढाएका बेला लोकतान्त्रिक सहयोगीहरु एक साथ खडा हुनु पर्ने ताइवानको भनाइ छ ।

ताइवानकी राष्ट्रपति वेनले भनेकी छिन्, 'यस क्षणमा लोकतान्त्रिक सहयोगीहरू एकसाथ खडा हुनुपर्दछ र सबै क्षेत्रहरूमा सहयोगलाई बढावा दिनुपर्छ ।'

होल्कोम्बको भ्रमणबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ