arrow
ADVERTISEMENT

रुसले भन्यो- पुटिनका सहयोगीकी छोरीको हत्यामा युक्रेनको हात छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
daria-dugina-russian-car-bomb (2).jpg

काठमाडौं । रुसको एफएसबी सुरक्षा सेवा (गुप्तचर) ले मास्कोको बाहिरी भागमा भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको बताएको छ जसमा कट्टर रुसी विचारधाराका अलेक्ज्याण्डर डुगिनकी छोरीको मृत्यु भएको छ। डुगिन एक स्पष्टवक्ता अल्ट्रानेशनलिस्ट बौद्धिक र युक्रेनमा क्रेमलिनको आक्रमणको मुखर समर्थक आक्रमणको सम्भावित लक्ष्य भएको मानिन्छ।

'अपराध युक्रेनी विशेष सेवाहरुद्वारा योजना बनाएर गरिएको थियो,' एफएसबीले रुसी समाचार एजेन्सीहरुसँग एक बयानमा भनेको छ ।

यस्तै एफएसबीले अपराधी १९७९ मा जन्मेकी एक युक्रेनी नागरिक रहेको र उनी ईयू सदस्य राष्ट्र इस्टोनिया भागेकोसमेत बताएको छ । 

मास्कोबाट करिब ४० किलोमिटर टाढा राजमार्गमा टोयोटा ल्यान्ड क्रुजरमा राखिएको बम विष्फोट हुँदा शनिबार डारिया डुगिनाको मृत्यु भएको थियो।

एफएसबीको बयानका अनुसार आक्रमणकारी आफ्नी नाबालिग छोरीसँग जुलाई २०२२ मा रुस आएर डुगिना बसेको त्यही भवनमा अपार्टमेन्ट भाडामा लिएर बसेकी थिइन्।

मास्को बाहिर डुगिन र उनकी छोरी शनिबार सहभागी रहेको उत्सवमै ती आक्रमणकारी सहभागी रहेकोसमेत एफएसबीले जनाएको छ ।

रूसी मिडियाका रिपोर्टहरूले डुगिनाले अन्तिम मिनेटमा मात्रै आफ्ना बुबाको कार चढ्ने निर्णय गरेकी थिइन् । अन्यथा सो कार उनकै बुबाले चलाउँदै थिए ।

मृतक डारियाका पति ६० वर्षीय डुगिन कहिलेकाहीँ पुटिनको रास्पुटिन वा पुटिनको मस्तिष्क भनेर चिनिन्छन् । उनी एक मुखर रुसी अतिराष्ट्रवादी बौद्धिक व्यक्ति हुन् ।

उनले लामो समयदेखि रुसी भाषी क्षेत्रहरूलाई एक विशाल नयाँ रुसी साम्राज्यमा एकीकरणको वकालत गर्दै आएका छन् र युक्रेनमा मस्कोको अपरेशनलाई पूर्ण हृदयले समर्थन गरेका छन्।

सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि उनलाई पश्चिमी प्रतिबन्धको सूचीमा राखिएको थियो । जसलाई पनि उनले समर्थन गरेका थिए। 

यद्यपि, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले आइतवार बम विष्फोटको पछाडि कीभ अधिकारीहरूको हात रहेको कुरा अस्वीकार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ