arrow

हजारौँ युक्रेनी सैनिक मारिए, कयौँ अभिभावक युद्धको मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
russi-aukraine-three-city.jpg

काठमाडौं । विगत छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युद्धमा कयौँ व्यक्तले ज्यान गुमाएका छन् भने विश्वभर त्यसको असर परेको छ । योसँगै रुसले हालसम्म ९ हजार युक्रेनी सैनिकहरू मारिएका छन् । 

मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।

थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिएका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ