arrow

रुसी नागरिकमाथि भिसा प्रतिबन्ध लगाउने जेलेन्स्कीको अनुरोध अमेरिकाले मानेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
biden-ukraine-russia-war.jpg

काठमाडौं । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि रुसीहरूलाई भिसा प्रतिबन्ध लगाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको छ। 

रुसी आक्रमणको बेला अमेरिका युक्रेनको व्यापक समर्थकका रुपमा रहे पनि ह्वाइट हाउसले रुसीहरुमाथि भिसा प्रतिबन्ध लगाउने कुरा अस्वीकार गरेको हो ।

ह्वाइट हाउसले पूरै प्रतिबन्धले असन्तुष्ट र मानवअधिकार हननमा परेका मानिसहरूको लागि कुनै पनि अवसर बन्द गर्ने बताएको छ ।

यसअघि जेलेन्स्कीले अमेरिकी सरकारलाई भिसा प्रतिबन्ध लगाएर कुनै पनि रुसी नागरिकलाई देश प्रवेश गर्नबाट रोक्न आग्रह गरेका थिए। 

वाशिंगटन पोस्टसँगको एक अन्तर्वार्तामा युक्रेनी राष्ट्रपतिले रुसीहरूले आफ्नो दर्शन परिवर्तन नगरेसम्म आफ्नै संसारमा बाँच्न आवश्यक रहेको बताएका थिए ।

उनले युरोपेली युनियनका देशहरूलाई पनि यस्तै अनुरोध गरेका छन् । यस्तो कदमले रुसीहरुको प्रवेश खुला सुपरमार्केट बन्नबाट रोक्ने उनको भनाइ छ ।

यद्यपि ह्वाइट हाउसले सोमबार त्यस्तो कुनै पनि प्रतिबन्ध लगाउने कुरा अस्वीकार गरेको छ । स्टेट डिपार्टमेन्टका प्रवक्ताले आधिकारिक वक्तव्यमार्फत अमेरिकाले क्रेमलिनका प्रमुख अधिकारीहरूलाई पहिले नै प्रतिबन्ध लगाएको र युक्रेनलाई उनीहरूको चलिरहेको संघर्षमा सहयोग गर्न जारी राख्ने बताएका छन् ।

'अमेरिकाले रुसका असन्तुष्ट वा मानवअधिकार हननका लागि जोखिममा रहेका अरूको लागि शरण र सुरक्षाको बाटो बन्द गर्न चाहँदैन,' प्रवक्ताले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ