arrow

ताइवानले दियाे चीनलाई युद्ध लड्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
us-china-taiwan-relation.png

काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ वेनले आफ्नो देशले ६० वर्षअघि चिनियाँ सेनाको प्रतिरोध गरेको र फेरि आफ्नो मातृभूमिको रक्षा गर्न तयार रहेको भन्दै चीनलाई कडा चेतावनी दिएकी छिन् । 

संयुक्त राज्य अमेरिकाको स्टान्फोर्ड युनिभर्सिटीका शिक्षाविद्हरूको समूहसँगको भेटमा साईले ताइवानले चीनसँग साझा गरेको इतिहास र सन् १९५८ अगस्टमा भएको चिनियाँ आक्रमणको बारेमा बोल्दै यस्तो चेतावनी दिएकी हुन् ।

'६४ वर्षअघि, अगस्ट २३ को लडाइमा हाम्रा सैनिक र नागरिकहरूले ऐक्यबद्धताका साथ काम गरेका थिए र ताइवानको सुरक्षा गरेका थिए, जसले गर्दा आज हामीसँग लोकतान्त्रिक ताइवान छ,' उनले भनेकी छिन् ।

'हाम्रो मातृभूमिको रक्षाको लागि त्यो लडाइँले संसारलाई देखाएको छ कि कुनै पनि प्रकारको खतराले आफ्नो राष्ट्रको रक्षा गर्ने ताइवानी जनताको संकल्पलाई हल्लाउन सक्दैन, विगतमा होइन, अहिले होइन र भविष्यमा पनि होइन,' उनले अघि भनेकी छिन् ।

'हामी पनि विश्वलाई देखाउनेछौं कि ताइवानका जनतासँग शान्ति, सुरक्षा, स्वतन्त्रता र समृद्धिको रक्षा गर्ने संकल्प र विश्वास दुवै छ,' उनले भनेकी छिन् ।

सन् १९५८ मा चिनियाँ सेनाले ताइवान नियन्त्रित किन्मेन र मात्सु टापुहरूमा आक्रमण गरेको थियो । तर त्यतिबेला ताइवान अमेरिकी उपलब्ध हतियारको सहयोगमा प्रतिकार गर्न सफल भएको थियो ।

'ताइवान अधिनायकवादी विस्तारवादको अग्रपंक्तिमा उभिएकोले हामी हाम्रो रक्षा स्वायत्ततालाई बलियो बनाउन जारी राख्छौं र हामी यस मोर्चामा संयुक्त राज्य अमेरिकासँग पनि काम गर्न जारी राख्नेछौं,' साईले भनेकी छिन् ।

ताइवानकी राष्ट्रपतिबाट आएको यो कडा चेतावनी चीनका लागि आक्रोशको विषय बन्ने निश्चितप्रायः देखिन्छ । यस महिनाको सुरुमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले ताइवान वरपर आक्रोशपूर्ण र अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ