arrow

नवौं राष्ट्रिय प्रतियोगिताको रुपन्देहीमा तयारीः बन्द खेल प्रशिक्षण तीव्र

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ ७ मंगलबार
21.jpg

रुपन्देही । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सञ्चालन हुने ३६ वटा खेलहरु तय गरिएका छन् । सो खेलहरुमध्ये हालसम्म टेबुल टेनिस, तेक्वान्दो, फुटबल, शारीरिक सुगठन र खोँ खोँ लगायतका खेलहरुको बन्द प्रशिक्षण मार्फत् तयारी तिव्र पारिएको छ । 

जिल्लामा रहेका बिभिन्न खेलहरुमा आवद्ध भएका खेलप्रेमी र सम्बन्धित निकायका संस्थाहरुलाई रुपन्देही खेलकुद विकास समितिमा आवद्ध गराएर सबै खेलहरुको उत्थानमा समिति लागि परेको बताइएको छ । जिल्लामा विभिन्न खेलहरु खेल्ने खेलाडीहरु भएपनि तर यसअघि लिएका नेतृत्वहरुले उक्त संस्थालाई चलाएमान वनाउन नसक्दा रुपन्देहीमा खेलिदै आएका खेलहरुको उत्थान हुन सकेको छैन । 

जिल्लामा रिक्त अवस्थामा रहेको खेलकुद विकास समितिलाई चलायमान बनाउनलाई गत असार १९ गते प्रदेश खेलकुद परिषद् लुम्बिनीको निर्णय अनुसार प्रदेशका १२ वटै जिल्लामा नियमावलीको नियम १० (३) बमोजिम जिल्ला खेलकुद विकास समिति गठन गरी बुटवलका भुपेन्द्रबहादुर थापा क्षत्री (हरी) लाई नियुक्त भएपछि अहिले विभिन्न खेलहरुको प्रशिक्षण आयोजना गरिएकाले खेलप्रेमी खेलाडीहरु जिल्ला खेलकुद विकास समितिको सम्पर्कमा सबै खेलहरुका हजार जना भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको समितिका अध्यक्ष हरीले बताएका छन् । 

साथै उनले, केही खेलहरुको बन्द प्रशिक्षण मार्फत् खेलाडीहरुको छनौट गरिएको र अन्य बाँकी खेलहरुको प्रशिक्षण भदौ १२ गतेसम्म सञ्चालन गरिने बताए । छनौट भएका खेलाडीहरुलाई प्रदेशमा खेलाउनको निम्ति पुनः बन्द प्रशिक्षण उक्त खेलहरुलाई निरन्तरता दिइ राख्ने जनाए । 

समितिले बन्द प्रशिक्षण गराउने खेल, स्थान, मिति र समयको निर्धारणसमेत गरेको छ । सुटिङ्ग भदौ ८ गते भैरहवा बिहान १० वजे, ब्याडमिन्टन १०–११ गते भैरहवा ब्याडमिन्टन कवर्ड हल बिहान ८ वजे, क्रिकेट १२ गते भैरहवा रंगशाला बिहान १० बजे, हक्की १२ गते भैरहवा रंगशाला बिहान ११ बजे, बास्केटबल ८ गते मुर्गिया सैनामैना वडा न–३ बिहान ७ बजे, ह्याण्डबल ९ गते भैरहवा वडा नं–४ बिहान ६ बजे, एथ्लेटिक्स ८–९–१० गते बुटवल रंगशाला देवीनगर बिहान ७ बजे, लनटेनिस र सटटेनिस ६–७ गते लनटेनिस कोड देवीनगर बिहान ७ बजे, आर्चरी ११ गते पिस पार्क बाहिरको क्षेत्र र समय बिहान ८ वजे, कबड्डी ९ गते शुद्धोधन गाउँपालिकास्थित सिद्धार्थ बाेडिङ्ग खेल मैदान बिहान ८ बजे र फुलकन्ट्याक कराँते ९ गते भैरहवा बिहान ८ बजे तोकिएको तालिकामा उल्लेख छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ