arrow
ADVERTISEMENT

बाल्टिक राज्य, पोल्याण्ड र फिनल्याण्डले सबै रुसीमाथि भिसा प्रतिबन्ध लगाउन सक्छ- लिथुआनिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
russia-poland-finland-baltic.jpg

काठमाडौं । रुससँग सीमा भएका युरोपेली संघका सदस्य एस्टोनिया, लाटभिया, लिथुआनिया, पोल्याण्ड र फिनल्याण्डले ईयूले युनियन व्यापी प्रतिबन्ध लागू नगरेमा रूसी पर्यटकहरूलाई उनीहरूको देशमा प्रवेश गर्नबाट रोक्न सक्ने लिथुआनियाका विदेशमन्त्रीले बताएका छन् ।

'मैले यी सबै देशका मन्त्रीहरूसँग कुरा गरेको छु... म राजनीतिक रूपमा धेरै भिन्नता देख्दिन,' गेब्रिएलियस ल्यान्ड्सबर्गिसले भिल्नियसमा पत्रकारहरूसँग बोल्दै भनेका छन् ।

ईयू विदेश मन्त्रीहरूले सोमबार रूसी नागरिकहरूको लागि ईयूव्यापी भिसा प्रतिबन्ध लगाउनेबारेमा छलफल गर्न सुरु गरेका छन् । यो कदमलाई मुख्यतया रुसको सीमावर्ती पाँच देशहरूले समर्थन गरेका छन्।

जर्मन चान्सलर ओलाफ स्कोल्जले भने सोमबार यस्तो प्रतिबन्धको विरोध गरेका छन् । उनले यदि क्रेमलिन नीतिसँग असहमत रुसीहरु छन् भने उनीहरु आफ्नो देशबाट भाग्न सक्षम हुनुपर्ने बताएका छन् । हंगेरी लगायतका अन्य मुलुकले पनि ईयूव्यापी प्रतिबन्धको प्रतिरोध गर्ने सम्भावना छ।

सोमबारको यो बैठकपछि एस्टोनिया, लाटभिया, लिथुआनिया, पोल्याण्ड र फिनल्याण्डले आफ्ना देशमा एकिकृत रुपमा रुसीहरुमाथि भिसा प्रतिबन्ध लगाउनेबारे छलफल थालेका छन् । यद्यपि खुलेर क्रेमलिनको नीतिको विरोध गर्नेहरुलाई भने प्रवेश दिइने छ ।

'रुसी पर्यटकहरू युरोपेली संघमा हुनु हुँदैन... तिनीहरूको देशले (युक्रेनमा) नरसंहार गरिरहेको छ,' उनले हजारौं मारिएका र  लाखौं विस्थापित भएको युद्धको सन्दर्भमा बोल्दै भनेका छन् ।

रुसीहरू प्रायः पाँच देशहरूको भूमि सिमाना हुँदै ईयूमा प्रवेश गर्छन् किनभने रुस र ब्लक बीचको सीधा उडानहरू आक्रमण पछि निलम्बन गरिएको छ ।

इस्टोनियाले गत हप्ता पहिले जारी गरिएको भिसासहित ५० हजार भन्दा बढी रुसीहरूका लागि आफ्नो सीमा बन्द गरेको थियो । ईयूमा यस्तो कदम चाल्ने इस्टोनिया पहिलो देश हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस महिनाको सुरुमा रुसीहरूमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाउन पश्चिमलाई आह्वान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ