arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेलिमनी बैंकले विजेतालाई दियो कारसहित पुरस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
city-money-express-lucky-draw-saudi.jpg

   
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरेबियास्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफर उपहार योजनाका विजेतालाई कार पुरस्कार दिइएको छ । 

 नोभेम्बर  १, २०२१ देखि ६  महिनाको  लागि सञ्चालन भएको सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन, तीन  जनाले १० ग्राम सुन, तीन जनाले ५,००० नगद साउदी रियाल, तीन जनाले आईफोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । 

ती सबै पुरस्कारहरु २–२ महिना गरी ६ महिनासम्म विद्युतीय लक्की ड्रमार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो । 

सोही योजना अनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमबीच बम्पर उपहार (निसान सन्नी) कार  विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । 

राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षीय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ वर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । 

साउदीस्थित नेपाली दूतावासका मिसन उपप्रमुख दिलिपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, टेलिमनी केन्द्र प्रमुख बासेम बी मड्डा, सेल्स म्यानेजर अब्दुल्लाह ए. बिन त्वलाह, टेलिमनी रेमिटान्स म्यानेजर जीतेन्द्र थपलिया र अन्य टेलिमनी बैंकका प्रतिनिधिहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ