arrow
ADVERTISEMENT

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पतिलाई हालियो जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
nansy-pati.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीका पतिलाई जेल सजाय तोकिएको छ ।  मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको अभियोगमा न्यान्सीका पति पल पेलोसीलाई पाँच दिनको जेल सजाय तोकिएको हो । 

उनलाई तीन बर्षका लागि निरीक्षणमा राखिने भएको छ । क्यालिफोर्नियामा गत मेमा भएको दुर्घटनासँग सम्बन्धित आरोप पलले मंगलबार स्वीकार गरेका थिए ।

पल पेलोसीले पहिले नै दुई दिन जेलमा विताइसकेका छन् ।  भने अन्य दुई दिनको लागि आचरण क्रेडिट पाएको नापा काउन्टी सुपीरियर कोर्टका न्यायाधीश जोसेफ सोल्गाले बताएका छन् । पल पेलोसीले एक बाँकी दिनको सट्टामा अदालतमा आठ घण्टा काम गर्ने भएका छन् ।

सान फ्रान्सिस्कोको उत्तरमा नापा काउन्टीमा मे २८ मा भएको दुर्घटनापछि पल पेलोसीलाई पक्राउ गरिएको थियो । उनको मादक पदार्थ परीक्षण गर्दा रगतमा अल्कोहलको मात्रा शुन्य दशमलव ०८२ प्रतिशत रहेको देखाएको थियो, जुन कानुनी सीमाभन्दा माथि हो ।

राति १० बजेपछि दुर्घटना स्थल पुगेका अधिकारीहरूले युन्टभिलको वाइन कन्ट्री टाउन नजिकै पेलोसीलाई २०२१ पोर्शे क्यारेराको ड्राइभरको सिटमा र अर्को ड्राइभरलाई स्पोर्टस युटिलिटी सवारीसाधन बाहिर उभिरहेको भेटाएका थिए ।

क्यालिफोर्निया राजमार्ग गस्ती अधिकारीहरूका अनुशार पेलोसीका खुट्टा लडखडाइरहेका थिए भने उनको बोली अस्पष्ट थियो । साथै उनीबाट रक्सीको कडा गन्ध आइरहेको थियो । दुर्घटनामा अर्को गाडीका ४८ बर्षका चालक घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ