arrow

बालुवाटारमा सिट बाँडफाँट गर्न बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
baluwatar satta gathabandan-mcc.JPG

काठमाडौं ।  पाँच दलीय सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।   सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको हो ।

बुधवार बस्ने भनिएको गठबन्धनको बैठक स्थगित भएपछि आजलाई सारिएको हो । कार्यदलका संयोजक कृष्णप्रसाद  सिटौला कोरोना सङ्क्रमण भएपछि सिट बाँडफाँटमा अझ अप्ठेरो परेको छ ।  

सिट बाँडफाँटका लागि आज बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यको बैठक बस्दै छ ।

लामो समयदेखि गठबन्धनको बैठकमा सिट सङ्ख्यामा कुरा नमिल्दा बाँडफाँट हुन सकेको छैन । सबै दल आ-आफ्नै अडानमा रहेका कारण अहिलेसम्म बैठक मात्रै बसेको तर कार्य विभाजन र सिट बाँडफाँट हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ