arrow
ADVERTISEMENT

रुसले रेलवे स्टेशनमा हान्यो मिसाइल, २२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
russia-mascow-ukraine-war-russia-putin.jpg

काठमाडौं। रुसले युक्रेनको रेलवे स्टेशनमा रकेट आक्रमण गरेको छ । रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका छन् । 

रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमै यति धेरै जनाको ज्यान जाने गरि यो आक्रमण भएको हो ।

युक्रेनले आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको बताएको छ, जहाँ एक गाडीमा सवार पाँच जना आक्रमणपछि गाडीमै जलेर मृत्यु भएको बताइएको छ । जसमध्ये एक ११ वर्षीय बालक पनि थिइन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको बारेमा जानकारी दिएका हुन । 

यस आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिए । चार वटा बोगीमा आगो लागेको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ