काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूसहित कार्यदलका सदस्यको उपस्थिति रहेको छ । गठबन्धनका शीर्ष तहमै सहमति गराउनका लागि कार्यदलसँगै शीर्ष नेताहरु सहभागी भएका हुन्।
कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले उपस्थिति छैनन् ।
आसन्न मङ्सिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरूले गरे पनि सिट बाँडफाँट टुङ्गो लगाउन सकेका छैनन् ।
गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो । तर कार्यदलले मात्रै त्यसबारे सहमति जुटाउन नसकेपछि हाल कार्यदलसहित शीर्ष नेताहरू पनि निरन्तर छलफलमा छन् ।