arrow

मिशन बालेनः अल्फाबिटा मालिकसँग सोधे ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
balen122222.jpg

काठमाडौं । विभिन्न व्यापारिक संरचनामा अवैध व्यवसाय नियन्त्रण गर्न आफैँ मैदानमा उत्रिएका काठमाडाैं महानगरपालिकाका नगर प्रमुख वालेन्द्र साह बालेन बिहीबार नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगेका छन् । 

कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासंग शाहले नक्सा देखाउन भन्दा महानगरपालिकासंगै छ भनेपछि साहले ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै जवाफ दिए । त्यसपछि माहोल एकछिन तातेको थियो तर महानगरपालिकाले ३५ दिने सूचना दिदाँ पनि वेवास्ता गरी व्यवसाय संचालन गरेको भन्दै सटर बन्द गर्न लगाए । 

साहले व्यापारिक प्रायोजनका बनाइएको भूमिगत संरचना तत्काल खाली गर्ने निर्देशनसमेत दिएका छन् । यस्तै महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित निस्किएका साहले बिहीबार मात्रै शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि त्यहाँ पुगेर हटाउन निर्देशन गरेका छन् ।

त्यसपश्चात महानगरप्रहरी र कर्मचारीको टोली बत्तिसपुतलीस्थित मुक्तिनाथ विकास बैंक र आडमा रहेको एक रेष्टुरेन्टलाई समेत अवैध संरचना हटाउन निर्देशन दिएको छ । बुधबार मात्रै साहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना र खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेको संचरना पनि भत्काएका छन् ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर साह स्वंय नै बानेश्वर क्षेत्रमा खटिएका छन् । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ