arrow

नेकपा एसका चार पूर्वमन्त्रीको खोजी, यसो भन्छिन् सचिव झाँक्री  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
NCP-united-socialist-madhav-nepal.jpg


काठमाडौं । एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

एकीकृत समाजवादीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चारजना कतै देखिएनन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । 

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो । एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र सम्माननित नेतामा झलनाथ खनाल छन् । सो पार्टीमा पदाधिकारी १७ जना छन् । 

यसैबीच पूर्व शहरी विकास मन्त्री एवं पार्टी सचिव झाँक्रीले आफू गुल्मीमा रहेको बताएकी छिन् । उनले हाम्राकुरासँग भनिन्, ‘साथीहरु कता हुनुहुन्छ कुन्नि म त एक सातादेखि गुल्मीमा छु । तीन दिने पार्टी प्रशिक्षण थियो । त्यही सकेर म गाउँतिरै छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ