arrow

ग्लोकल टिन हिरो २०२२ मा डिसहोमको पार्टनरसिप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
dish-home-glocal-award-2022.jpg

काठमाडौँ। नेपाल भरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिसहोमले पार्टनरसिप गरेको छ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरूले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्।

सेप्टेम्बर १, २०२२ सोल्टी होटेलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिने कम्पनीले जनाएको छ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी 

  • आशिष् शाह, धनुषा, शिक्षा प्राविधिक
  • विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
  • दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
  • निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
  • राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
  • सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ