arrow

कुमारी बैंकको ११ प्रतिशत केबीएल डिवेन्चर २०८९ बाट ३० लाख कित्ता ऋणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
kumari-bank.png

काठमाडौं । कुमारी बैंक लिमिटेडले दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत केबीएल डिवेन्चर २०८९’ को रु.१,००० अंकित दरको तीस लाख कित्ता ऋणपत्रको निष्काशन गर्नको लागि  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । 

गत भदौ १ गते स्वीकृति प्राप्त गरेको उक्त ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
 
सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामूहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सोलाई समानुपातिक आधारमा बाँडफाँट गरिएको छ । 

यस सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । लगानीकर्ताहरुले ऋणपत्र धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त C-ASBA मा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । 

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ