arrow
ADVERTISEMENT

पुटिनले गरे सशस्त्र सेनाको संख्या बढाउने आदेशमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
russia-moscow-ukraine-kiev.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन युद्ध सातौं महिनामा प्रवेश गरेपछि रुसको सशस्त्र सेनाको आकार १९ लाखबाट बढाएर २० लाख ४० हजार पुर्याउने आदेशमा हस्ताक्षर गरेका छन् ।

मास्कोले युक्रेनमा जारी युद्धमा आफ्नो पहिलो हप्तादेखि द्वन्द्वमा भएको कुनै क्षतिको खुलासा गरेको छैन । तर पश्चिमी अधिकारीहरू र किभ सरकारले उनीहरूको सैन्य क्षतिको संख्या हजारौंमा रहेको बताउँछन् ।

पुटिनले बिहीबार सेनाको संख्या बढाउन हस्ताक्षर गरेको आदेशमा सेनाको संख्या १ लाख ३७ हजारले वृद्धि गर्ने उल्लेख छ । रुसी सरकारको विधायिका पोर्टलमा प्रकाशित अध्यादेश अनुसार यो जनवरी १ देखि लागू हुनेछ ।

पछिल्लो पटक पुटिनले रुसी सेनाको आकार सन् २०१७ को नोभेम्बरमा निर्धारण गरेका थिए । त्यतिबेला लडाकु सेनाको संख्या १० लाख १ हजार र गैर लडाकुसति सेनाको संख्या १९ लाख रहेको थियो ।

रुसले युक्रेनमाथि कथित बिशेष सैन्य अभियानको पहिलो हप्तादेखि युक्रेनमा कति हताहत भएको छ भन्ने बताएको छैन् । पहिलो सातामा रुसले आफ्ना १ हजार ३५१ सैनिक मारिएको बताएको थियो ।

पश्चिमी अनुमानका अनुसार वास्तविक संख्या त्यो भन्दा कम्तिमा १० गुणा हुन सक्छ । जबकि युक्रेनले फेब्रुअरी २४ मा शुरु भएको द्वन्द्वमा कम्तीमा ४५ हजार रुसी सेना मारेको वा घाइते भएको बताएको छ।

किभले पनि युद्धमा कति सैनिकहरू मारेका छन् भन्ने जानकारी सार्वजनिक गरेको छैन ।  तर सोमबार युक्रेनको सशस्त्र सेना प्रमुखले दुर्लभ अपडेटमा झन्डै ९ हजार सेना मारिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ