arrow
ADVERTISEMENT

युक्रेनको आणविक प्लान्ट पावर ग्रिडबाट विच्छेद, आणविक दुर्घटना हुनै लागेको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
Zaporizhzhia nuclear plant.jpg

काठमाडौं । रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको जापोरिज्जिया आणविक उर्जा प्लान्टमा बिहीबार यसको इतिहासमै पहिलो पटक पावर ग्रिडबाट विच्छेद भएको छ ।  युक्रेनको आणविक अपरेटरले आणविक उर्जा प्लान्टमा विद्युत आपूर्ति कटौती भएको बताएको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले प्लान्टमा बिजुली आपूर्ति पुनर्स्थापित गरिए पनि प्लान्टका ६ वटा रिएक्टरहरू युक्रेनको ऊर्जा ग्रिडबाट बिहीबार साँझ विच्छेद भएको बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विद्युत आपूर्ति कटौती हुँदा आणविक प्लान्टमा दुर्घटना हुनै लागेको स्थिति सिर्जना भएको बताएका छन् । उनले 'विकिरण (रेडिएसन) प्रकोप' लाई रोक्न बिहीबार प्लान्टमा ब्याकअप डिजेल जेनेरेटरहरू तुरुन्तै सक्रिय गरिएको बताएका छन् ।

'विश्वले यो कति भयानक खतरा हो भनेर बुझ्नुपर्छ । यदि डिजेल जेनेरेटरहरू सक्रिय नभएको भए, यदि अटोमेसन र प्लान्टका हाम्रा कर्मचारीहरूले ब्ल्याकआउट पछि प्रतिक्रिया नगरेको भए, हामी अहिलेसम्म विकिरण दुर्घटनाको सामना गर्न बाध्य भइसक्ने थियौं,' जेलेन्स्कीले आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा भनेका छन् ।

बिजुलीको ब्ल्याकआउटको अवस्थामा इन्धन बढी तातो हुनबाट रोक्न कुलिङ पम्पहरूमा बिजुली आपूर्ति गर्न जेनरेटरहरू जडान गरिएको छ।

'रुसले युक्रेन र सबै युरोपेलीहरूलाई विकिरण प्रकोपबाट एक कदम मात्रै टाढाको अवस्थामा राखेको छ,' जेलेन्स्कीले संयुक्त राष्ट्रको आणविक निगरानी संस्था आईएईएका अधिकारीहरूलाई साइटमा तत्काल पहुँच दिन आग्रह गर्दै भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ