arrow
ADVERTISEMENT

युरोपमा हाहाकार हुँदा रुसले दैनिक लाखौं घनमिटर ग्यास बालेर नष्ट गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
russian-gas-russia-gas-europe.jpg

काठमाडौं । बीबीसीले प्राप्त गरेको विश्लेषणले रुसले दैनिकरुपमा ठूलो मात्रा प्राकृतिक ग्यास जलाउने गरेको खुलासा भएको छ । फिनल्याण्डको सिमानामा नजिक रहेको एक प्लान्टमा रुसले दैनिक एक करोड अमेरिकी डलर बराबरको ग्यास जलाएर नष्ट गरिरहेको पाइएको हो ।

यो ग्यास पहिले जर्मनीमा निर्यात हुने गरेको विज्ञहरूले बताएका छन् । बेलायतका लागि जर्मनीका राजदूतले बीबीसी न्यूजसँग बोल्दै रुसले ग्यासलाई अन्यत्र बेच्न नसक्ने भएकाले जलाइरहेको बताएका छन् ।

वैज्ञानिकहरूले कार्बन डाइअक्साइडको ठूलो मात्रा र यसले सिर्जना गरिरहेको कालो धुँवालाई लिएर आर्कटिक बरफ पग्लिनसक्ने चिन्ता व्यक्त गरेको छ ।

रिस्टाड इनर्जीको विश्लेषणले दैनिक ४० लाख ३४ हजार घनमिटर ग्यास फ्लेयरबाट जलिरहेको देखाएको छ।

यो ग्यास सेन्ट पीटर्सबर्गको उत्तर पश्चिम पोर्टोभायामा रहेको नयाँ तरल प्राकृतिक ग्यास (एलएनजी) प्लान्टबाट आइरहेको बताइएको छ ।

यो गर्मीयामको सुरुमा ग्यास बालिरहेको रुसी सिमाना नजिकका फिनिश नागरिकहरूले क्षितिजमा ठूलो ज्वाला देखेपछि केही गडबडको शंका गरेका थिए ।

पोर्टोभाया नर्ड स्ट्रिम ग्यास पाइपलाइनको सुरुवाती बिन्दु एक कम्प्रेसर स्टेशनको नजिक अवस्थित छ यो पाइपलाइनले समुद्रमुनिबाट जर्मनीमा ग्यास पुर्याउछ ।

तर, जुलाईको मध्यदेखि पाइपलाइन मार्फत आपूर्ति कटौती गरिएको छ । रुसीहरूले यसका लागि प्राविधिक समस्याहरूलाई दोष दिएका छन्। जर्मनीले युक्रेनमा रुसको आक्रमणपछि यो विशुद्ध राजनीतिक कदम भएको बताएको छ ।

तर जुनदेखि अनुसन्धानकर्ताहरूले यस क्षेत्रबाट निस्कने तापमा उल्लेखनीय वृद्धि भएको टिप्पणी गरेका छन् । ग्यास फ्लेरिङ्ग प्राकृतिक ग्यासको जलनबाट भएको मानिन्छ ।

तथापि, प्रशोधन प्लान्टहरूमा ग्यास जलाउनु सामान्य कुरा हो । सामान्यतया प्राविधिक वा सुरक्षा कारणहरूका लागि प्रशोधन प्लान्टमा ग्यास जलाइन्छ । यद्यपि, यति ठूलो मात्रामा ग्यास जलाइनुलाई विज्ञहरुले बिशेषरुपमा हेरेका छन् ।

युरोपमा यो हिउँदमा १५ प्रतिशत ग्यासको अभाव हुने ठानिएको छ । रुसमाथि पश्चिमी प्रतिबन्ध लाग्दा युरोपले नै इन्धनको मूल्य बढेर संकटको सामना गर्नु परेको छ । यस्तो बेला रुसले भने ग्यास बालेर नष्ट गरिरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ