arrow

रुपन्देहीमा नवौं राष्ट्रिय प्रतियोगिताको तयारी बन्द प्रशिक्षण सम्पन्न

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ ११ शनिबार
9th-national-games-rupendehi1.jpg

रुपन्देही । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय प्रतियोगिताको तयारी प्रत्येक जिल्लाहरुमा तीव्र गतिमा भइरहेकाे छ । उक्त प्रतियोगितामा ३६ वटा खेलहरुलाई समावेश गरिने भए पनि तर कतिपय जिल्लाहरुमा भने ती सबै खेलहरु खेलाउन नसकिने लुम्बिनी प्रदेश अन्तर्गत केही जिल्लाहरुका खेलकुद विकास समितिले जनाएका छन् ।

प्रतियोगितामा भाग लिनका लागि तयारी थालेको जिल्ला खेलकुद विकास समिति रुपन्देहीले ३६ वटा खेलमध्ये २० वटा खेलहरुको बन्द प्रशिक्षण सकिएको जिल्ला खेलकुद विकास समितिका रुपन्देहीका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री हरीले जनाएका छन् । 

हक्की, ह्याण्डबल, बक्सिङ्ग, कुस्ती, साइक्लिङ्ग र पौडी लगायत ६ वटा खेलहरुलाई प्रदेशमा खेलाएर खेलाडी छनौट गरी नवौं राष्ट्रिय प्रतियोगितामा समावेश गराइने रुपन्देही जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सो खेलहरुको खेलाडी न्यून भएकाले प्रदेशमा सिधै खेल्न पठाइने भन्दै प्रदेशमा हुने खेलबाट प्रतिष्पर्धा गराएर उत्कृष्ट खेलाडी छनौट गरिने अध्यक्ष क्षत्री जनाए । 

नवौं राष्ट्रिय प्रतियोगिता खेलका लागि जिल्ला खेलकुद विकास समिति रुपन्देहीले भदौ १ गतेसम्म आवेदन लिएको र ४ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । सोही प्रशिक्षण स्वरुप समितिले भदौ ११ गतेसम्म २० वटा खेलहरुको बन्द प्रशिक्षण सञ्चालन गरेर खेलाडीहरु छनौट गरेको वताईएको छ । समितिले दिएको जानकारी अनुसार बन्द प्रशिक्षणमा तेक्वान्दो, कराँते, शाररिक सुगठन तथा फिटनेस, आईटीएफ तेक्वान्दो, भलिबल, खो खो, सेपाकताक्रो कराँते, कबड्डी, फुलकन्ट्याक कराँते, बुद्धिचाल, सुटिङ्ग, ब्याटमिन्टन, क्रिकेट, टेवुलटेनिस, बास्केटबल, फुटवल, एथ्लेटिक्स, लन टेनिस, सफ्ट टेनिस र बन्द प्रशिक्षणको अन्तिम खेल आर्चरी रहेको छ । 

रुपन्देहीमा खेलाडीहरु नै नभएका खेलहरुमा उस्सु, स्क्वास, ट्रायथेलन, जुडो, फेन्सिङ्ग, भारोत्तोलन, पाराग्लाइडिङ्ग, जिम्नाष्टिक, रग्वी सेभेन ए साइड र गल्फ लगायतका खेलहरु रहेका छन् । बाँकी खेलमा रुपन्देहीले खेलाडी नभएकाले सहभागिता जनाउन नसक्ने बताएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ