arrow

आणविक ऊर्जा केन्द्र नजिकका शहरमा गोलाबारी

logo
एपी,
प्रकाशित २०७९ भदौ १२ आइतबार
ukraine-nuclear-plants.jpg

किएभ। युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थल नजिकका शहरमा रुसले व्यापक गोलाबारी गरेको छ। निपर नदीको पारिपट्टिको क्षेत्रमा रुसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुनसक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ। रुसी सेनाले युद्ध सुरु हुने वित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलाई नियन्त्रण लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो। युक्रेनले निकोपोल र मार्हानेट्स सहर सहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ। ती स्थान ऊर्जा केन्द्रबाट करिब १० किलोमिटर टाढा छन्।

शनिवार राती भएको भारी गोलीबारीले निकोपोलका केही भाग बिजुलीविहीन भएका निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन्। करिब ४५ हजार सर्वसाधारणको बसोबास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ।

आणविक ऊर्जा केन्द्र करिब ४० किलोमिटर परको माथिल्लो भागमा रहेको जापोरिज्जिया शहरमा पनि राति भएको आक्रमणमा परी दुई जना घाइते भएको नगर परिषद्का सदस्य अनातोली कुर्तेभले बताए।

पूर्वी युक्रेनमा जहाँ रुसी र पृथकतावादी सेनाले नियन्त्रण लिन खोजिरहेका छन्। गोलाबारीले ठूला र रणनीतिक रूपमा महत्त्वपूर्ण सहर क्रामतोर्स्क र स्लोभियान्स्कमा आक्रमण गरेको छ तर कुनै हताहति नभएको डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन्।

डोनेट्स्क क्षेत्रको अधिकांश भाग रुसी र पृथकतावादी सेनाको कब्जामा छ। डोनेट्स्कलाई रुसले सार्वभौम राज्यको रूपमा मान्यता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ