arrow

भारतीय कांग्रेस पार्टी अध्यक्ष चयनका लागि निर्वाचनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
soniya gandhi rahul gandhi.jpg

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले पार्टीको अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअनुसार अक्टोबर १७ मा दलको शीर्ष पद अध्यक्षका लागि निर्वाचन हुनेछ भने आवश्यक परे दुई दिनपछि मतगणना हुनेछ ।

आइतबार बसेको पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय कांग्रेस कार्यसमितिको बैठकले यस्तो घोषणा गरेको हो । सीडब्ल्यूसीले उम्मेदवारी दर्ता सेप्टेम्बर २४ मा शुरु हुने र सेप्टेम्बर ३० सकिने जनाएको छ ।

अक्टोबर १ गतेसम्म उम्मेदवारहरुको छानबिन हुने र उम्मेदवारहरुले अक्टोबर ७ गतेसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

कथित रूपमा वर्तमान कांग्रेस अध्यक्ष सोनिया गान्धी केही स्वास्थ्य समस्याबाट पीडित भएपछि चिकित्सा जाँचको लागि विदेशमा भएकाले बैठकमा भाग लिइनन् । 

बैठकमा पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पार्टीको केन्द्रीय निर्वाचन प्राधिकरणका अध्यक्ष मधुसूदन मिस्त्री, केसी वेणुगोपाल, पूर्व केन्द्रीय मन्त्री जयराम रमेश, मुकुल वासनिक, पी चिदम्बरम र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतसहित छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल सहभागी थिए।

माथिल्लो तहमा नेतृत्वको अभाव भएको भन्दै कांग्रेसका कैयौं उच्च पदस्थ नेताहरूले पार्टी छाड्ने क्रममा पार्टीको अध्यक्षको निर्वाचनको घोषणा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ