arrow
ADVERTISEMENT

६.१ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
earthquake2.jpg

क्वालालम्पुर । मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ । 

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जादा उक्त भूकम्प गएको हो । 

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो । भूकम्पको केन्द्रबिन्दु समद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ । 

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ