arrow

राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ –गृहमन्त्री खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
nagarikta-grihamantri.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाँणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् । 

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए । 

बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए । तर, गृहमन्त्री खाँणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ