arrow

१२ चिनियाँ लडाकु विमान मध्यरेखा पार गरेर ताइवानतर्फ घुसे

logo
एजेन्सी,
प्रकाशित २०७९ भदौ १३ सोमबार
china-military-drill-taiwan.jpg
फाइल तस्बिर

काठमाडौँ। १२ वटा चिनियाँ लडाकु विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गर्दै ताइवानतर्फको क्षेत्रमा घुसेका छन्। चीन र ताइवानबीचको अनौपचारिक मध्य रेखालाई चीनले मान्ने गरेको छैन।

ताइवानको रक्षा मन्त्रालयले सोमबार चीनले टापु नजिकै आफ्नो सैन्य गतिविधि जारी राखेको बताएको छ। मन्त्रालयले सोमबार नै १२ चिनियाँ लडाकु विमानले मध्य रेखा पार गरेको जनाएको हो।

ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेयता चिनियाँ आक्रामकता बढेको छ। चीनले त्यस लगत्तै सैन्य अभ्यास गरेको थियो।

त्यसपछि अहिले चीनले ताइवान वरपर सैन्य अभ्यासकै बेलाको झैँ गतिविधिहरू जारी राखेको छ। यसबीच सोमबार फेरि १२ चिनियाँ लडाकु विमानहरूले मध्य रेखा पार गरेको ताइवानले जनाएको हो।

चीनले ताइवानलाई आफ्नो हिस्सा भन्दै आए पनि ताइवानले आफूलाई स्वतन्त्र राज्य भन्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ