arrow
ADVERTISEMENT

रुसी नागरिकमाथि भिसा कडाइ गर्ने विषयमा युरोप विभाजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
european-union-eu.jpg

काठमाडौं । मङ्गलबार र बुधबार चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली संघका विदेश मन्त्रीहरूको बैठकमा रुसी नागरिकमाथि भिसा कडाइ गर्नेबारे छलफल हुने ठानिएको छ । यद्यपि धेरै जसो युरोपेली मुलुकहरुले यस्तो गर्न नचाहेपछि यस बिषयमा २७ सदस्यीय ब्लक विभाजित बनेको छ ।

युक्रेनमा छ महिनादेखि जारी युद्ध युरोपेली संघको लागि विदेश नीतिको प्राथमिकतामा रहेको छ । खासगरी पूर्वी युरोपका सदस्य राष्ट्रहरूले रुसीहरूलाई भिसा प्रतिबन्ध लगाउने कार्य एजेन्डाको शीर्षमा राख्ने भएका छन्।

यस्तै सोमबार र मंगलबार प्रागमा जारी ब्लकका रक्षा मन्त्रीहरूले युक्रेनका लागि ईयू सैन्य प्रशिक्षण मिसन स्थापना गर्ने विकल्पहरू पनि छलफल गर्दैछन् । धेरै ईयू देशहरूले युक्रेनी सेनाहरूलाई केही समयको लागि प्रशिक्षण दिइरहेका छन् । मुख्यतयाः तिनीहरूलाई हतियारहरू सञ्चालन गर्न सक्षम पार्दै पश्चिमी राष्ट्रहरूले युक्रेनलाई रूसको आक्रमणको बिरूद्ध लड्न मद्दत गरिरहेका छन्।

ईयू को प्रशिक्षण कार्यक्रम कहाँ आधारित हुन सक्छ र यसमा के जनादेश हुन सक्छ भन्ने अझै स्पष्ट छैन ।

संयुक्त राष्ट्र र नेटो प्रतिनिधिहरूसँगको संयुक्त सत्रमा रक्षा मन्त्रीहरूले मालीमा ईयुको निलम्बित प्रशिक्षण मिसन र संयुक्त राष्ट्र शान्ति सेना मीनुस्माको भविष्यको बारेमा पनि छलफल गर्ने बताइएको छ ।

खासगरी पश्चिम अफ्रिकी देशमा रुसको बढ्दो उपस्थितिका कारण यी विषय खोतल्ने तयारी भइरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ