arrow

सिटी एक्सप्रेसको “विदेशबाट सिटी आयो , दसैँ तिहारलाई गोल्डेन बनायो” योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
city-express-dashain-offer-2022.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो , दसैँ तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको छ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार यस “विदेशबाट सिटी आयो ,दसैँ तिहारलाई गोल्डेन बनायो” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ। यो अवधि भरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ