arrow

एक दशक यताकै भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
pakistan-heavy-rain-2022.jpg

इस्लामबाद । पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् । विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ ।

 ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमीन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन् । जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा १,१३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ । ‘पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानले भनिन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ