arrow
ADVERTISEMENT

सिया धर्मगुरुको निर्णयविरुद्ध हिंसामा उत्रिए समर्थक, २० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
siya-sunny.jpg

काठमाडौं ।  इराकका एक सिया धर्मगुरु मुक्तादा अल-सद्रले राजनीति छाड्ने बताए । यसपछि धर्मगुरुका समर्थकहरूले यसको विरोधमा राष्ट्रपति भवन तथा अन्य सरकारी कार्यालयमा तोडफोड गरेका थिए । 

सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा २० जनाको ज्यान गएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । हिंसाको यो अवधि लामो समयसम्म पनि लम्बिने आशङ्का छ । 

यसैबीच अहिले देशमा कर्फ्यू लगाइएको छ । बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै छिमेकी इरानले इराकका लागि आफ्ना सबै उडान रद्द गरेको छ र सीमाका सबै प्रवेशद्वार बन्द गरेको छ । यसैबीच, हिंसालाई ध्यानमा राख्दै राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि शान्ति कायम गर्न अपिल गरेका छन् ।

अल-सद्रको गुटले पनि सांसदबाट राजीनामा दिएको छ। उनको राजीनामाको घोषणा हुनासाथ उनका समर्थकहरू आक्रोशित बने र सरकारी सम्पत्तिलाई निशाना बनाउन थाले । सेनाले स्थानीय समय अनुसार साँझ ७ बजे सहरमा कर्फ्यू घोषणा गरेको थियो । 

तनाव कम गर्न र टकराबबाट बच्न यो कदम चालिएको हो। तर, आक्रोशित भीडले तोडफोड जारी राख्यो । सरकारी निकाय, निजी तथा सार्वजनिक सम्पत्ति र अन्य देशका दूतावासको सुरक्षामा सुरक्षाकर्मी खटिएका थिए ।

 धर्मगुरु अल-सद्रले राजनीतिबाट संन्यास लिने घोषणा गरेसँगै उनका समर्थकहरू आक्रोशित भएका छन् । अर्कोतर्फ अल सद्रले पनि हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेको छन् । 

यहाँ कुवेती दूतावासले इराकमा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको छ । प्रतिद्वन्द्वी सिया समूहहरू बीचको झडप पछि, दूतावासले इराक यात्रा गर्न चाहने मानिसहरूलाई आफ्नो योजना स्थगित गर्न आग्रह गरेको कुवेतको राज्य समाचार एजेन्सीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ