arrow
ADVERTISEMENT

अम्बानीलाई पछि पारेका अदानी बने एसियाकै धनी, मस्क पहिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
gautam-adani.JPG

काठमाडौं । भारतीय अरबपति मुकेश अम्बानीलाई पछि पारेका भारतीय उद्योगपति गौतम अदानी विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । तेस्रो नम्बरमा रहेका ६० वर्षीय गौतम अदानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर छ।

ब्लुमबर्गको अरबपति सूचीका अनुसार पहिलो स्थानमा अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलन मस्क रहेका छन् । विश्वका सबैभन्दा धनी एलन मस्कको कुल सम्पत्ति २५१ अर्ब डलर छ । 

दोस्रोमा अमेजन प्रमुख जेफ बेजोस छन् ।  सीईओ जेफ बेजोसको कुल सम्पत्ति १५३ अर्ब डलर छ।

कुल सम्पत्ति १३६ अर्बसहित बर्नार्ड अर्नाल्ट चौथो स्थानमा छन् ।  भने पाँचौ स्थानमा बिल ग्रेट्स, छेटौमा वारेन बफेट रहेका छन् । 

विश्वका धनी व्यक्तिको सूचीमा यो स्थान पाउने अदानी पहिलो एसियाली हुन्। ब्लूमबर्गको रिपोर्टका अनुसार रिलायन्स समूहका प्रमुख अम्बानी र चीनका ज्याक मा एसियाका दुई अन्य ठूला नाम हुन् तर अदानीले जस्तो यो स्थान हासिल गर्न सकेका छैनन् ।

यस वर्ष फेब्रुअरीमा गौतम अदानीले अम्बानीलाई पछि पारेका थिए। अदानीको कुल सम्पत्ति अप्रिल २०२२ मा पहिलो पटक १०० बिलियन डलर नाघेको थियो।

सन् २०२२ मा अदानी समूहको नेट वर्थ लगातार बढेको छ। अदानीको कुल सम्पत्ति यस वर्ष ९० अर्ब डलरले बढेको छ ।

गौतम अदानी अदानी समूहका संस्थापक हुन्। यो समूह भारतको सबैभन्दा ठूलो पोर्ट अपरेटर र सबैभन्दा ठूलो कोइला व्यापार गर्छ। समूहको कम्पनीले भारतका विभिन्न विमानस्थल सञ्चालन गर्ने काम पनि गरिरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ