arrow

बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Tak Bahadur nepali.jpg

पोखरा । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा आउँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए । 

चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास नगरपालिका वडा नं. १ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।

उनले झोला हराएको सूचना जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिए । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका वडा नं. १ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारेका थिए । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ”, उनले भने, “हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ