arrow

चिनियाँ ड्रोनमाथि ताइवानकाे आक्रमण, चर्कियो तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
taiwan-drone-shot.jpg

काठमाडौं । ताइवानले मंगलबार टापु क्षेत्रमा आएको चिनियाँ ड्रोनमाथि चेतावनी गोली (वार्निंग सुट) चलाएको छ । ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले चिनियाँ उत्तेजकताको विरुद्ध कडा प्रतिकार्य दिन आफ्नो सेनालाई आदेश दिएको बताएकी छिन् ।

चीन र बेइजिङले आफ्नो भुमी मान्ने ताइवानबीच बढेको तनावका बेला चेतावनीमूलक गोली चलाइएको यो पहिलो पटक हो। ताइवानले चीनको सार्वभौमसत्ताको दाबीको कडा विरोध गर्दछ ।

गोली चलाइएपछि ड्रोन चीन फर्किएको सैन्य प्रवक्ताले बताएका छन् । ताइवानले चिनियाँ ड्रोनहरू बारम्बार आफ्नो भूमिमा आउने गरेको बताउँदै आएको छ । हालै मात्र सैन्य अभ्यासको रूपमा किनमेन टापु नजिक आएको ताइवानले जनाएको छ ।

यस महिना अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनले उक्त टापुको वरिपरि अभ्यास गरेको हो। ताइवानले चिनियाँ ड्रोनमाथि चेतावनीमूलक गोली चलाएसँगै ताइवान स्ट्रिटको तनाव झनै कडा बन्न सक्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ