arrow

चोलेन्द्रले महाभियोग निष्क्रिय भइसकेको भन्दै मागे न्याय, संसदको सम्मानका लागि बयान दिन आएको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
cholendra-bayan-2079-05-15.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई न्याय दिन आग्रह गरेका छन् । उनले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबीसहित न्याय दिन आग्रह गरेका हुन् । 

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिन बुधबार बिहान उपस्थित भएका जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबीसहित न्याय दिन भनेका हुन् । 

उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

जबराले बयानका क्रममा आफू पछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षाका कारण नै आफूलाई महाभियोेगतिर धकेलिएको आरोपसमेत लगाएका छन् । उनले आफूले अस्वीकार गरेका कारण आफूमाथि महाभियोगको खेल खेलिएको बताएका छन् । 

जबराले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएकोसमेत बताएका छन् ।  उनले आफू विधिको पद्धतिबाट आएको भन्दै पार्टी र मिडियाको दबाबमा नपर्नेसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ