arrow
ADVERTISEMENT

चीनले सिनजियाङमा मानवता विरुद्धको अपराध गरेको राष्ट्रसंघको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
united-nations-michelle.jpg

काठमाडौं । चीनको सिन्जियाङ क्षेत्रमा उइघुर र अन्य मुस्लिमहरूमाथिको स्वैच्छिक र भेदभावपूर्ण नजरबन्द मानवता विरुद्धको अपराध हुन सक्ने संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघका निवर्तमान मानव अधिकार प्रमुखले बुधबार लामो समयदेखिको प्रतिक्षित प्रतिवेदनमा यस्तो खुलासा गरेका हुन् ।चीनप्रति धेरै नरम भएको भन्दै केही कूटनीतिज्ञ र अधिकारवादी समूहको आलोचनाको सामना गर्नु परेका मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त मिशेल बाचेलेटले आफ्नो चार वर्षको कार्यकाल सकिनु भन्दा केही मिनेटअघि उक्त प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।

उनले गत मे महिनामा चीनको भ्रमण गरेकी थिइन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले आफ्नो ४८ पृष्ठको प्रतिवेदनमा सरकारले आतंकवाद विरोधी र अतिवाद विरोधी रणनीति प्रयोगको सन्दर्भमा सिनजियाङमा गम्भीर मानवअधिकार उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

'उइघुर र अन्य मुस्लिम बहुल समूहका सदस्यहरूलाई स्वेच्छाचारी र भेदभावपूर्ण नजरबन्द... विशेष गरी मानवता विरुद्धको अन्तर्राष्ट्रिय अपराध हुन सक्छ,' संयुक्त राष्ट्रसंघीय कार्यालयले भनेको छ ।

निर्वतमान उच्चायुक्त मिशेलले चीन सरकारलाई तालिम केन्द्र, जेल वा थुनामा राखिएका सबैलाई रिहा गर्न तत्काल कदम चाल्न सिफारिस गरेकी छिन् ।

‘२०१७ यता परिवार नियोजन नीतिको जबर्जस्ती कार्यान्वयनबाट प्रजनन अधिकार हननका विश्वसनीय संकेतहरू छन्,’ कार्यालयले भनेको छ।

सरकारी तथ्याङ्कको अभावले यी नीतिहरूको हालको कार्यान्वयन र प्रजनन अधिकारको सम्बन्धित उल्लङ्घनको पूर्ण हदसम्म निष्कर्ष निकाल्न गाह्रो बनाएको राष्ट्रसंघले जनाएको छ ।

अधिकारवादी समूहहरूले बेइजिङलाई उइघुरहरू विरुद्ध दुर्व्यवहार गरेको आरोप लगाउँदै आएका छन् । सिनजियाङको पश्चिमी क्षेत्रमा करिब एक करोड जनसंख्या रहेको मुस्लिम जातीय अल्पसंख्यकहरुमाथि नजरबन्द शिविरहरूमा जबरजस्ती श्रम गराएको आरोपसमेत छ।

अमेरिकाले चीनमाथि नरसंहार गरेको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ