arrow

कुमारी बैङ्कको खुर्कोट शाखा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
kumari-bank.png

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थिते खुर्कोट शाखा  भाद्र १५ गतेबाट सञ्चालनमा ल्याएको छ। बैङ्कले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैङ्किङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो। बैङ्कले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैङ्किङ सेवा पुर्‍याउने योजना बनाएको छ।

विगत २१ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले, आफ्ना देशभर रहेका १९८ शाखा सञ्जाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ